समाचार

राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ पारित

काठमाण्डौँ, श्रावण १२ । राष्ट्रियसभा बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।यसअघि बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । Read More…

समाचार

हत्या गरी फरार अभियुक्त १२ वर्षपछि पक्राउ

काठमाण्डौँ, श्रावण १२ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १२ बर्ष अघि हत्या गरी फरार रहेका व्यक्ति पक्राउ गरेको छ । २०६४ साल पुष २७ गते ललितपुर इमाडोलकी तारा भनिने सुनिता लामाको छुरा प्रहार गरी हत्या गरेर फरार राजेश लामालाई १२ वर्षपछि पक्राउ गरेको हो । राजेशलाई यही १० गते काठमाण्डौंबाट पक्राउ गरिएको व्युरो Read More…

अर्थ

नेपाल भारत सन्धिसम्झौता समयमै परिमार्जन हुनुपर्छ;प्रधानमन्त्री

काठमाण्डौँ, श्रावण १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत बीच व्यापारसम्बन्धी सन्धिसम्झौता समयमैँ परिमार्जन हुनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र मारिटाइम गेटवेको आयोजनामा आईतबार (आज) प्रथम नेपाल पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।प्रधानमन्त्री ओलीले भारतसँग नेपालको उच्च व्यापार घाटा रहेकाले व्यापार सन्तुलित हुनुपर्ने बताए Read More…

समाचार

६ वटा सरकारी वेबसाइट ह्याक

काठमाण्डौं, श्रावण १२ । सरकारी डोमेनमा दर्ता भएका ६ वटा वेबसाइट ह्याक भएको आइतबार दिउँसो फेमिली अट्याक साइबर नामक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ । दिउँसो सवा २ बजे पोष्ट गरिएको जानकारी अनुसार डट जीओभी डट एनपी डोमेनमा दर्ता भएका ६ वटा वेबसाइट ह्याक भएको उल्लेख छ । शहरी विकास मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी Read More…

समाचार

मलामी गएर घर फर्किरहेका २३ जनाको नाइजेरियनमा गोली हानी हत्या

काठमाण्डौं, श्रावण १२ । नाइजेरियाको आतंकवादी संगठन बोको हरामका बन्दुकधारीहरुले बोर्नो राज्यमा मलामी गएर घर फर्किरहेका २३ जनाको हत्या गरेका छन् । मैदुगुरी नजिक एक जना नातेदारको अन्तिम संस्कारमा सहभागी भएर फर्किरहेका एक पुरुषको समूहमाथि शनिबार मोटरसाइकलमा आएका आक्रमणकारीहरुले गोली चलाएका थिए’, स्थानीय मिलिशिया नेता बुनु बुकर मुस्तफाले भने । मुस्तफाले घटनास्थलबाट २३ जनाको शव Read More…