राजनीति

विप्लवको बन्दले जनजीवन प्रभावित

काठमाण्डौं, श्रावण १५ । काठमाण्डौंका ब्यूरो इन्चार्ज माइला लामालगायत आफ्ना कार्यकर्ता पक्राउको विरोधमा विप्लव समूहले गरेको रामेछाप र दोलखाका साथै साविकको बागमती र नारायणी अञ्चलमा पर्ने जिल्ला बन्दका कारण सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ।
विप्लवका कार्यकर्ता तोडफोड र आगजनीमा उत्रिन सक्ने डरले उपत्यका भित्र सामान्य सवारी साधान चले पनि बाहिरी जिल्लामा यातायातका साधन प्रभावित बनेका छन् । बन्दले शिक्षण संस्था र उद्योग प्रतिस्धान पनि प्रभावित भएका छन् ।
यस्तै काठमाडौं उपत्यकाका अधिकांश शिक्षण संस्थाहरु बन्द रहेका छन् । तर, यातायातका साधन भने खासै प्रभावित भएको छैन ।
प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताले गराउन सक्ने सम्भावित दुर्घटनालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.