समाचार स्वास्थ्य

धाराको पानी छोएको भन्दै दलित महिलालाई अभद्र ब्यवहार

काठमाण्डौं, श्रावण १५ । धाराको पानी छोएको भन्दै दलित महिलालाई गैरदलित महिलाले अभद्र ब्यवहार गरी घाईते बनाएको घटना सार्बजनिक भएको छ । दैलेख जिल्ला नारायण नपा वडा नं. १० भवानीमा सार्वजनिक धारामा पानी भरेको प्लाष्टिकको ड्रम छोएको निहुँमा दलित महिलालाई गैरदलित महिलाले धारिलो हसिया प्रयोग गरी घाईते बनाएकी हुन् ।
घटनालाई सामान्य रुपमा मिलाउन खोजेको भन्दै घटनालाई वहानावाजि गरी मेलमिलापको दुसाहस गरी कानुनलाई हातमा ल्याउँन खोज्ने जनप्रतिनिधि र केही राजनीतिक व्यक्तिलाई कानुनले बर्जित गरेको काममा नलाग्न दलित अधिकारकर्मीले चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.