स्वास्थ्य

आज श्रावण पन्द्र खिर खाने दिन, खिरको फाईदा यस्तो छ

काठमाण्डौं, श्रावण १५ । परम्परादेखि नै असार १५ मा दहीच्युरा र श्रावण १५ मा खिर खाने सामाजिक मान्यता नेपाली समाजमा चलि आएको छ ।
दहीच्युरा खाएको एक महिनापछि आज श्रावण १५ मा खिर खाने चटारोले छुन्छ ।
कृषि उपजसँग सरोकार राख्ने खिर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ । बुधबार मुलुकभर खिर भोजन गरेर श्रावण १५ मनाइँदै छ । श्रावण १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि रहेको छ ।

खिर खानुको फाईदा
आयुर्वेद चिकित्सक डा. अमितमान जोशी भन्छन्, “वर्षात्को समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ ।
लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खिरको सेवन राम्रो मानिन्छ ।’’ उनका अनुसार चामल, दूध, नरिबल, छोकडा, अन्य ड्राई फ्रुट्स र चिनी हालेर खिर बनाउने हाम्रो चलन छ । उनले थपे, “चामलमा कार्बोहाइड्रेट पाइन्छ । खिरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ, त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खिर हो । ”

Leave a Reply

Your email address will not be published.