खेलकुद

वडास्तरीय फुटबल प्रतियोगिताको तयारी पुरा

झापा, पुष ३ । मेचीनगर वडा नम्बर ८ खेलकुद समितिको आयोजनामा शुक्रबार भोली बाट सञ्चालन हुन लागिरहेको प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा मेचीनगरका १५ वटा वडा खेलकुद समिति र आयोजक वडाको थप एउटा टिम गरी १६ वटा टिमले प्रतिष्पर्धा गर्ने निश्चित भएको मेचीनगर वडा नम्बर ८ खेलकुद समितिका संयोजक सन्तोष मेचेले बताए ।

पुष ४ गते देखि १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा अफिशियल रेफ्रि, टिम व्यवस्थापन तथा प्रचारप्रसारमा आयोजक लागि परेको समितिका सदस्य विकास देवकोटाले बताए । उनका अनुसार स्थानिय स्तरबाट फुटबल विधाका दक्ष खेलाडी उत्पादन गर्न लागिएको सो प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न आयोजक लागि परेको र सम्पूर्ण तयारी पुरा भएको बताए ।

आयोजक समितिका सदस्य ओम तिम्सिनाले प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख रुपैयाँ खर्च अनुमान गरिएको बताए । उनका अनुसार प्रतियोगिताका लागि मेचीनगर–८ नम्बर वडा कार्यालयले २ लाख रुपैयाँ र थप रकम सहयोग संकलन गरी जुटाइने बताए ।

‘प्रतियोगिताको सह आयोजकमा आदर्श धिमाल समाज र सेन्ट्री युवा क्लव रहेका छन् । प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेता टिमले २६ हजार रुपैयाँ नगदराशी पाउनेछन् ।

Leave a Reply

Your email address will not be published.