राजनीति

सरकारलाई दिएको समर्थन फिर्ता लिदै समाजवादी पार्टी प्रतिपक्षमा

काठमाडौँ, पुष ९ । समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई मंगलबार (हिजो) नै फिर्ता बोलाईसकेको छ ।

‘सरकारमा सहभागि हुँदा संविधान संशोधन गर्ने गरि विभिन्न आन्दोलनमा उठेका मुद्धाहरु, राष्ट्रिय सवालहरुलाई हल गर्दै संविधानमा भएको कमि कमजोरी हटाउने सहमित भएको थियो । तर अहिले संविधान संशोधनका लागि सरकार तयार नभएपछि समर्थन फिर्ता लिएको पार्टी स्रोतले जनाएको छ । समर्थन फिर्ता लिए पछि अब प्रतिपक्षमा बसी प्रतिपक्षीको भूमिका निर्वाह गर्ने पनि स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.