संघ \संस्था

चर्चित सञ्चारकर्मी रवि लामिछाने झापा आउँदै

झापा, फागुन ३ । भ्रष्टचार विरुद्धका सामाजिक अभियन्ता तथा न्यूज २४ टेलिभिजनको चर्चित कार्यक्रम सिधाकुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवि लामिछाने भोली (आइतबार) झापा आउने भएका छन् । सिधाकुरा जनतासँगका प्रोड्युसर दिपक बोहोरासहित झापा आउन लागेका लामिछाने केही औपचारिक कार्यक्रम, भेटघाट र रिर्पोटिङका लागि झापा आउन लागेको जनाइएको छ । लामिछानेलाई बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्वमा Read More…

खेलकुद

राष्ट्रपति रनिङ शिल्डको मेचीनगरस्तरीय छनौट सुरु ‘खेलकुदले सबै वर्ग र क्षेत्रलाई एकताको सूत्रमा बाँध्ने’

झापा, फागुन ३ । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले खेलकुदले सबै वर्ग र क्षेत्रलाई एकताको सूत्रमा बाँध्ने बताएका छन् । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद अन्तर्गत मेचीनगरस्तरीय छनौट प्रतियोगिताको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि आचार्यले भने–‘विभिन्न कारणले गुमनाम हुन पुगेका देशहरु पनि खेलका माध्यमबाट चर्चित बनेका छन् Read More…

विविध

जंङ्गली हात्तीको उपद्रो; स्थानीयवासी हैरान

झापा, फागुन ३ । जंङ्गली हात्तीको उपद्रो कारण अहिले कमल गाउँपालिका वडा नम्वर ३ सानोकेर्खाका स्थानिय हैरान भएका छन् । २० दिन देखि लगातार रुपमा जंङ्गली हात्तीले गाउँपसेर घर भत्तकाउने धान खाने , फलफुल खाने गर्नाले स्थानियवासि हैरान भएका हुन् । यसरी हात्ती गाँउ पस्न थालेपछि स्थानियवासिको निद्रा र भोक हराएको छ । हात्ती भगाउनका Read More…

खेलकुद

ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई

काठमाडौं, फागुन ३ । सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले १-० गोल अन्तरले जीत हात पर्दै ऐतिहासिक उपाधि हात पारेको हो। मछिन्द्रले पहिलोपटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचालेको हो । आर्मी भने दोस्रोपटक दोस्रो भएको छ। यसअघि २०६३ सालमा पनि आर्मी लिगको Read More…

विविध

पृथ्वी नजिकैबाट जाँदैछ क्षुद्रग्रह

काठमाडौं, फागुन ३ । एउटा विशाल क्षुद्रग्रह(एस्टेरोइट) आज नेपाली समय अनुसार अपरान्ह ४:५० बजे पृथ्वीको सबैभन्दा नजिक हुदैं जानेछ । १४४३ फिटदेखि ३२४८ फिटबीचको आकारको उक्त ग्रहले पृथ्वीलाई कुनै हानी भने पु¥याउने छैन । आकारको तुलना गर्दा यो कुनै विशाल गगनचुम्मी भवन आकारको रहेको नासाका विज्ञले बताएका छन् । नासाको ‘सेन्टर फर निअर अर्थ अब्जेक्ट Read More…

संघ \संस्था

अध्यक्षमा गणेशप्रसाद दुलाल

काठमाडौं, फागुन ३ । प्रवासी अर्जुनधारा सेवा समाज कतारको अध्यक्षमा गणेशप्रसाद दुलाल सर्वसम्मत चयन भएका छन् । समाजको प्रथम अधिबेसनले एक बर्षे कार्यकालका लागि दुलाललाई नेतृत्व सुम्पेको हो । समाजको बरिष्ठ उपाध्यक्षमा ईन्द्र खनाल, महिला उपाध्यक्षमा सर्मिला रिजाल, महासचिबमा शिशिर बाबु पौडेल, सचिवमा, टंकनाथ कोईराला, सहसचिवमा बासुदेव आचार्य, कोषाध्यक्षमा लोकेन्द्र बास्कोटा, सह-कोषाध्यक्षमा सञ्जय बास्कोटा चयन Read More…