विविध

लकडाउन हामी सबैको हितमा छ, यसलाई सबैले पालना गरौं: सांसद बानियाँ

झापा, चैत १२ । कारोना भाइरसको संक्रमणबाट क्षति नहोस् भन्ने उदेश्यले झापा निर्वाचन क्षेत्र नम्वर ३ को प्रदेश निर्वाचन क्षेत्र नम्वर १ का सांसद बसन्त बानियाँसहितको सुरक्षा टोलीले आज दक्षिणी झापाको अनुगमन गरेको छ ।

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले मंगलबारदेखि सम्पूर्ण देश भरी लागू हुने गरी निषेधाज्ञा (लकडाउन) घोषणा गरी सकेको छ ।

नेपाल भारत खुल्ला नाका रहेको तथा विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम राखेको छ । अहिलेको यो विसम परिस्तीथिमा सचेतना जगाउदै आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई सचेत भई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।

कचनकवल गाँउपालिका क्षेत्रका सबै वडाहरु, हाटबजार तथा सम्पूर्ण नाकाहरु, चेकपोस्ट, सहायक मार्ग, मान्छेहरु आवातजावत गर्ने गल्लीहरु केचना, पाठामारी, बनियानी, घेराबारी, कुटि, डागाबारी, लतिबारि, दलेगाउ, नन्दिडाडा, पग्लाबन, मेची किनार लगायतका स्थलहरुको अनुगमन गरेको सांसद बानियाँले जानकारी दिनुभयो ।

‘गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, शसस्त्र प्रहरी बल, केचना–घेराबारी, इलाका प्रहरी बनियानी, प्रहरी चौकी पाठामारी, घेराबारी, केचनाका सुरक्षाकर्मीहरु सहित कचनकवलको पथरिया माबिमा तयार गरिएको १० बेडको क्वारेन्टाइन स्थल समेतको अनुगमन गरिएको छ’, सांसद बानियाँले भन्नुभयो, ‘दक्षिणी झापामा लकडाउनको धेरै हदसम्म पालना भएको छ ।’


उहाँले स्थानीय नागरिकलाई आग्रह गर्दै भन्नुभयो, ‘सरकारले नागरिकको सुरक्षाका लागि गरेको लकडाउनलाई पुर्णरुपले पालनन गरौं, यदि हामी कोहि भारत लगायत अन्य देशबाट नेपाल आएका छांै भने चेकजाँच गरेर होमक्वारेन्टाइनमा बसांै, शंका लागेमा भद्रपुरको मेची अस्पतालमा जाउँ, हामी पुर्ण अनुशासित भएर घरमै बस्यौ भने कारोना संक्रमणलाई परास्त गर्न सक्छौं ।’

सांसद बानियाले दक्षिणी झापामा प्रहरी देख्ता नागरिक अनुसासित हुने देखिएको तर १० जनाको दरबन्दी रहेका प्रहरी पोष्टमा पाँच जना मात्र प्रहरी रहेकाले त्यसको पूर्तिको व्यवस्था मिलाउन आग्रह गर्नु भएको छ । उहाँले दक्षिणी झापामा पुन माइकिङ गरेर सचेतना शुरु गरिएको बताउनुभयो ।

‘हामीले इटाली, स्पेन लगायतका देशमा लापरबाहीबाट भएको क्षति अनि चिनले आफुलाई नियन्त्रणमा राखेर कोरोना माथि गरेको बिजयबाट सिकौं’ सांसद बानियाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published.