झापा, चैत १८ । मेचीनगर नगरपालिकाको कार्यलयले बिहिवार देखि अति विपन्न परिवारलाई राहत वितरण गर्ने भएको छ ।

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले आगामी चैत २६ गतेसम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाउदै लकडाउन गरेको छ ।
काम नहुदा नगर क्षेत्रका दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने मजदुर र अति विपन्न परिवारलाई दैनिकरुपमा विहान–बेलुकाको छाक र्टान मुस्किल परिरहेको अहिलेको बिषम परिस्थितिमा चाडो भन्दा चाडो लक्षित बर्ग पहिचान गरी उनीहरुलाई खाद्यन्न वितरण गर्न नगर प्रमुख विमल आचार्यले राहात समितिलाई निर्देशन दिएका छन् ।
मंगलबार मेचीनगर नगरपालिकाको कार्यलय परिसरमा मेचीनगर राहत बितरण मापदण्ड निर्धारण समितको बैठकले सबै प्रकृया पूरा गरि बिहिवार देखि नगर भित्रका अति बिपन्न परिवारलाई खाद्यन्न बितरण गर्ने निर्णय गरेको हो । समितिले २४ घण्टे सुचनाबाट दररेट आव्हान गरी खाद्यन्नको ब्यवस्थापन गर्न लागेको हो ।
समितिले सात दिन सम्म खाद्यन्न मैजाद नरहेको परिवार, यातायात क्षेत्रमा परिचालक, रिक्सा चालक, दैनिक ज्यालादारीमा काम गर्ने अनैपचारीक क्षेत्रका असंगठित मजदुर परिवार र अशक्त अपाङ्गता भएका ब्यक्ति घर मुली भएको परिवारलाई राहत दिने निर्णय भएको उपप्रमुख तथा राहत समिति संयोजक मीना उप्रेतीले बताइन् ।
समितिले राहत स्वरुप प्रति परिवार १५ केजी चामल, दुई केजी दाल, तीन केजी आलु, एक पोका नुनलगायतका सामाग्री वितरण गर्ने भएको छ ।

