
झापा, बैशाख २७ । मेचीनगर ५ स्थित घोडाजीनमा दलित उत्थान समन्वय समिति मेचीनगर ५ को सामुदायिक भवन निर्माण हुने भएको छ ।
मेचीनगर वडा नम्बर ५ स्थित घोडाजीनमा बन्न लागेको नवनिर्मित सामुदायिक भवनको शिलन्यास प्रमुख अतिथि मेचीनगर वडा नम्बर ५ का वडा अध्यक्ष योगेन थापामगरले गरेका छन् ।

सामुदायीक भवन निर्माण गर्नका लागि १० धुर जग्गा स्थानिय समाजसेवी चन्द्रकला विकले उपलब्ध गराए पछि सामुदायिक भवन निर्माण कार्य अगाडी बढाईएको हो । उक्त भवन निर्माणका लागि वडा नम्बर ५ बाट चार लाख बजेट बिनियोजित गरेको छ । वडाको आर्थिक सहयोगमा सामुदायिक भवन बन्ने भएसंगै स्थानियबासी उत्साहित भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि थापामगर सहित समाजसेवी चन्द्र कोईराला, नेपाली काङ्गेसका नेता हरि बुडाथोकी, महिला नेत्री तेजीमाया राउत, रुपा मगर लगायलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मेचीनगर ५ का वडा सदस्य नारायण खड्का, मेघराज गेलाल, बिचारी मंग्रान्ती, मनमाया दर्जी, पत्रकारलगायतको आतिथ्यता थियो ।
संस्थाका उपाध्यक्ष तेजविर बिकको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चानल पदम बहादुर विश्वकर्माले गरेका थिए ।

