अर्थ संघ \संस्था

कमल प्याव्सनले दियो राहात कोषलाई १ लाख ५० हजार

झापा, चैत २२ । कमल गाँउपालिका कार्यालयले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउन क्रम जारी छ ।

कमल गाँउपालिकाले १० लाख बढी रुपैयाँको राहत कोष स्थापना गरेको छ । राहात कोषमा कमल प्याबसन पनि सहयोग गरेको छ । राहात कोष कमल प्याव्सनले एक लाख ५० हजार सहयोग गरेको कमल प्याव्सनका अध्यक्ष बदीराम राईले जानकारी दिए ।

कमल प्याव्सनले शनिबार कमल गाँउपालिका अध्यक्ष मेनुका काफ्ले लाई सो चेक हस्तारतरण गरेको हो । हस्तान्तरण कार्यक्रममा पालिका प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, पालिका शिक्षा शाखा प्रमुख सूर्य न्यौपाने, झापा प्याब्सन वरिष्ठ उपाध्यक्ष गौरीमान फागो, कमल उधोग वाणिज्य संघका अध्यक्ष तथा पत्रकार उमानाथ भण्डारी, समाजसेवी भिम राई , कमल प्याब्सन कोषाध्यक्ष राम आङदेम्बे, कार्यक्रम सहजकर्ता तथा महाधिवेशन प्रतिनिधि त्रिलोचन गौतम लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.