विविध

लकडाउन उल्लंघन गर्दै मस्जिदमा सामूहिक नमाज पढ्ने १४ पक्राउ

काठमाडौँ, बैशाख ७ । कपिलवस्तुमा लकडाउन उल्लङ्घन गरी मस्जिदमा नमाज पढ्ने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सामूहिक नमाज पढ्ने १४ जना आइतबार दिउँसो पक्राउ परेका हुन् । उनीहरु मायादेवी गाउँपालिका ७ स्थित मस्जिदमा नमाज पढ्ने स्थानीयहरु पक्राउ परेका हुन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय, बकडीबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

लकडाउनको उल्लंघन नगर्न अनुरोध गरिएपनि नमानेपछि उनीहरु पक्राउ परेका हुन् । कोरोना नियन्त्रणको जोखिमलाई कम गर्न त्यहाँ धार्मिक स्थलमा भीडभाड नगर्न सार्वजनिक अपील गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published.