काठमाडौँ, जेठ १९ । पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या एक हजार ८११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
Day: June 1, 2020
नेपालमा कोरोना संक्रमितको संख्या १७९८ पुग्यो, आजै थपिए २२६
काठमाडौं, जेठ १९ । पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका उनले बताए । हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट Read More…
तिब्बतद्वारा प्रदेश १ सरकारलाई सात करोड ७४ लाखको स्वास्थ्य सामग्री सहयोग
झापा, जेठ १९ । कोरोना महामारीसँग जुध्न तिब्बतले १ नम्बर प्रदेश सरकारलाई सोमबार सात करोड ७४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका थिए । तिब्बतले पठाएको स्वास्थ्य सामग्रीमा दुई सेट पीसीआर मेसिन, भेन्टिलेटर तीन थान, एक्स-रे पोर्टेबल Read More…
एमसीसी संसदबाट अनुमोदन नभएसम्म यथावत रहन्छः अर्थमन्त्री
काठमाडौं, जेठ १९ । संसदमा विचाराधीन रहेको एमसीसी अनुमोदन भएपछि मात्रै अगाडि बढाउने अर्थमन्त्री युवराज खतिवडाले बताए। बजेट माथि उठेको प्रश्नको जवाफ दिदैं अर्थमन्त्री खतिवडाले कोरोना महामारी असर न्यूनीकरण गर्न एडीबीसँग मात्रै आजै ३० अर्बको सम्झौता भएको बताए। विश्व ब्यांक लगायतले पनि थप सहयोग गर्ने प्रतिक्रिया आएको उनले बताए। एमसीसी “सम्झौतापत्र अनुमोदन नभएसम्म यथावत रुपमा Read More…
बाँकेमा गाडी दुर्घटनामा परी मृत्यु भएका र घाइतेको स्वाब परीक्षण
काठमाडौँ, जेठ १९ । बाँकेमा गएराति भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएकाको कोरोना भाइरस भए नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरिएको छ । भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाका अनुसार मृतक र घाइते सबैको स्वाब सङ्कलन गरेर कोरोना भाइरसको परीक्षण गर्न लागिएको हो । “कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा मृतकमा कोरोना Read More…
बाँकेमा गाडी दुर्घटना: मृत्यु हुनेको संख्या १२ पुग्यो
काठमाडौं, जेठ १९ । बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ। भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको हो। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना हुँदा घटनास्थलमा ११ जना र भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु Read More…
बाँकेमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु, २२ जना घाइते
काठमाडौं, जेठ १९ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् । भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटनामा परेको हो Read More…





