काठमाडौं, जेठ १९ । संसदमा विचाराधीन रहेको एमसीसी अनुमोदन भएपछि मात्रै अगाडि बढाउने अर्थमन्त्री युवराज खतिवडाले बताए। बजेट माथि उठेको प्रश्नको जवाफ दिदैं अर्थमन्त्री खतिवडाले कोरोना महामारी असर न्यूनीकरण गर्न एडीबीसँग मात्रै आजै ३० अर्बको सम्झौता भएको बताए।
विश्व ब्यांक लगायतले पनि थप सहयोग गर्ने प्रतिक्रिया आएको उनले बताए। एमसीसी “सम्झौतापत्र अनुमोदन नभएसम्म यथावत रुपमा रहन्छ। प्रधानमन्त्रीले संसदमा गरेकै प्रतिबद्धता दोहो(याउन चाहन्छु”, अर्थमन्त्री खतिवडाले भने। लामो समय छलफल हुने र कार्यान्वयन लामो समय लाग्ने भएकाले नीति लिएको उनले बताए।
राष्ट्रिय हितमा मात्रै विदेशी सहायता लिने उनको भनाइ थियो। “अमेरिकी, बेलायती जुनसुकै सहायतामा राष्ट्रिय हितलाई नै ध्यानमा राखेरै सम्झौता गरिन्छ”, उनले भने। एमसीसी तीन वर्षदेखि बजेटमा राख्दै आएको पनि अर्थमन्त्री खतिवडाले बताए।

