विविध

दिपाश्री निरौलालाई क्षमा दिन राजेश हमालको आग्रह

हरि प्रसाद दाहाल (दिनेश)
काठमाडौं, असार ३१।
महानायक राजेश हमालले यत्ती भनिदिदा पनि अझै यो विवाद सेलाउने मोडमा छदै छैन आम दर्शक, कलाकार, निर्देशक र प्रोड्युसर यहि विवादको बारेमा आफ्नो मत राख्ने होड मै ब्यस्त छन ।

कोहि बास्तबिकता बोल्न आइरहेका छन भने कोहि यो विवाद सङ जोडेर कुरा गर्दा चर्चा पाइने लोभले पनि अन्तरबार्ता दिन दौडधुप गरिरहेका छन तर जसले जे भन्दै गए पनि दर्शक गलेका छैन सबैका कुरा सुन्न, सबैलाइ गाली गर्न अनि राम्रो अभिव्यक्ति दिनेलाइ सकारात्मक प्रतिक्रिया दिन ।

त्यसै पनि कान्डै कान्डमा रुमल्लिने चलचित्र क्षेत्र यो चोटि त यत्तिकै सेलाउने नाम नै लिइरहेको छैन, सबैलाई आफू सहि र अरु गलत लाग्ने क्रम जारी नै छ


अझ रमाइलो कुरा त के छ भने भर्खरै यश क्षेत्रमा आएका निर्माता निर्देशक उनलाइ महानायक मान्ने मनोसायमा छदै छैनन् निर्देशक दिपेन्द्र लामा त अझ भन्छन जसको फिल्म १० मिनेट पनि हेर्न सकिदैन उसलाई हामिले महनायक कसरी भन्नू ?

स्मरण रहोस लामा ज्यु राजेश हमालले यतिका बर्ष यस क्षेत्रमा योगदान नदिएका भए आज तपाईंको निर्देशक बन्ने सपना अधुरै रहन्थ्यो । तपाइका पछिल्ला अभिव्यक्तिले निर्देशक बन्न चाहनेको सपना त्यतिकै नतुहिएला भनेर भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published.