राजनीति

पुष्पलालको ४२ औँ स्मृति दिवस मनाईँदै

काठमाडौं, साउन ७ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले जानकारी दिए । स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ । Read More…

विविध

लकडाउन अन्त्य भएसंगै बढन थाल्यो चहलपहल

झापा, साउन ७ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउन आजदेखि हटेको छ । लकडाउन हटेसँगै चहलपहल बढेको छ । तर, अझै पनि केही प्रतिबन्धहरू कायमै गरिएकाले चैत्र ११ पूर्वकोजस्तो सामान्य अवस्था भने अझै आइसकेको छैन । लकडाउन अन्त्य भएसंगै निजी सवारी साधनमा लागू भएको जोर–बिजोर प्रणाली Read More…

स्वास्थ्य

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

विराटनगर, साउन ७ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मोरङको महोत्तरी गाउँपालिका–३ का ६० वर्षिय बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार गम्भिर Read More…

समाचार

झापाको बुद्धशान्तिमा पहिरो: एक जनाको मृत्यु, तीन जना घाइते

झापा, साउन ७ । झापाको बुद्धशान्ति ७ मोदी डाँडामा पहिरोले घर पुर्दा एक जनाको ज्यान गएको छ । ३ जना सामान्य घाइते भएका छन् । गएराति करीव १०:३० बजेतिर बुद्धशान्ति ७ का तेजकुमार बराइलीको घर पहिरोले पुर्दा मामाघर पाउना आएका मेचीनगर ९ मागुरमाडीका १५ बर्षीय विवेक दर्नालको ज्यान गएको हो । उनी ७ दिन अगाडि Read More…