समाचार

झापाको बुद्धशान्तिमा पहिरो: एक जनाको मृत्यु, तीन जना घाइते

झापा, साउन ७ । झापाको बुद्धशान्ति ७ मोदी डाँडामा पहिरोले घर पुर्दा एक जनाको ज्यान गएको छ । ३ जना सामान्य घाइते भएका छन् ।

गएराति करीव १०:३० बजेतिर बुद्धशान्ति ७ का तेजकुमार बराइलीको घर पहिरोले पुर्दा मामाघर पाउना आएका मेचीनगर ९ मागुरमाडीका १५ बर्षीय विवेक दर्नालको ज्यान गएको हो । उनी ७ दिन अगाडि मामा घरमा पाउना आएका थिए । शव पोस्टमाटमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

पहिरोले क्षति गर्दा सो घरमा ७ जना रहेका थिए । पहिरोको कारण सोही ठाँउका थप दुई घर जिखिममा देखेपछि उनिहरूलाई स्थानीय चर्चमा सारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.