स्वास्थ्य

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

विराटनगर, साउन ७ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मोरङको महोत्तरी गाउँपालिका–३ का ६० वर्षिय बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो । ती बृद्धको गएराति नै अन्त्यष्टि गरिएको प्रवक्ता डा।सापकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.