विविध

लकडाउन अन्त्य भएसंगै बढन थाल्यो चहलपहल

झापा, साउन ७ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउन आजदेखि हटेको छ ।

लकडाउन हटेसँगै चहलपहल बढेको छ । तर, अझै पनि केही प्रतिबन्धहरू कायमै गरिएकाले चैत्र ११ पूर्वकोजस्तो सामान्य अवस्था भने अझै आइसकेको छैन ।

लकडाउन अन्त्य भएसंगै निजी सवारी साधनमा लागू भएको जोर–बिजोर प्रणाली अन्त्य भएको छ भने आजदेखि कार्यालयहरू नियमित रूपमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्दैछन् ।

Leave a Reply

Your email address will not be published.