समाचार

अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्री अ‍ोलीले सम्हाल्ने

काठमाडौं, भदौ १९ । अर्थ र सञ्चार तथा सूचना प्रविधिममन्त्रालय सम्हालेका डा. युवराज खतिवडाले राजीनामा दिएपछि दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सम्हाल्ने भएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई बालुवाटार पुगेर राजीनामा बुझाएका डा. खतिवडाले सम्हालेका दुई मन्त्रालय खाली छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिएकी छन् । Read More…

समाचार

सञ्चारमन्त्री खतिवडाद्वारा राजीनामा

काठमाडौं, भदौ १९ । अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका क्रममा खतिवडाले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् । सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने भएपछि खतिवडाले राजीनामा दिएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार Read More…

समाचार

झापामा २६ जना सहित देशभर आज थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १९ । पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै काडमाडौं काठमाडौं उपत्यकामा मात्रै ४५४ Read More…