काठमाडौं, कात्तिक २३ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने तयारी भएको छ । एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता गरिएसंगै उनलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिइने तयारी भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शाक्यलाई नै उक्त जिम्मेवारी दिन चाहेका छन् । नेपाल विद्युत प्राधिकरणको बोर्ड Read More…
Day: November 8, 2020
मेस्सीको २ गोलमा बार्साको शानदार जित
काठमाडौं, कात्तिक २३ । स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा बार्सिलोनाले रियल बेटिसलाई हराएको छ । घरेलु मैदानमा बार्साले बेटिसलाई ५–२ को फराकिलो अन्तरले हराएको हो । बार्साको जितमा लियोनल मेस्सीले २ तथा एन्टोनियो ग्रीजमन, ओस्माने डेम्बेले र पेड्रि गोन्जालेजले गोल गरे । बेटिसका एन्टोनियो सान्ब्रीया र लोरेन मोरोनले गोल गरे । पहिलो हाफ एक Read More…
बाइडेन अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित
काठमाडौं, कात्तिक २३ । संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन्। बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको हो । बाइडेनले अहिलेसम्म २८४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । पराजित ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रोरल मत प्राप्त Read More…



