संघ \संस्था

२०२१ का लागि ५ वटा शाखा प्रस्तावित

देबु बानियाँ
मेचीनगर, मंसीर १२ ।
नेपाल जेसीजको २०२१ का लागि ५ वटा शाखालाई प्रस्तावित शाखाका रुपमा अनुमोदन गरिएको छ ।

नेपाल जेसीजको काठमाडौको थापाथली स्थित जेसीज सचिवालयमा सम्पन्न चौथो बोर्ड बैठकले २०२० मा आएका ५ वटा सम्बावित शाखाहरुलाई २०२१ का लागि प्रस्तावित शाखाका रुपमा अनुमोदन गरिएको नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर अशोक शंकरले बताउनु भयो । अब प्रस्तावित शाखाहरुलाई भलबारीमा हुने नेपाल जेसीजको ४७ औँ राष्टिय महाधिवेनको महासभाले पारित गर्नुे पर्ने हुन्छ ।
यो संगै नेपाल जेसीजमा १६१ शाखा पुगेका छन् । यस अघि १५६ शाखा रहेका थिए ।

प्रस्तावित हुने शाखाहरुमा झापाको बारर्दशी, रुपन्देहीको तिनाउ, मोरङको रतुवामाई, रामेछापको पाँचखाल र खानदेवी जेसीज रहेका छन् । बारर्दशीलाई सुरुङगा जेसीजले, तिनाउलाई भलबारी, रतुवामाईलाई टङकीसिनवारी, पाँचखाललाई भकुण्डेबेसी र खानदेवीलाई काठमाडौ जेसीजको मातृत्व रहेको छ ।

यसैगरी बारर्दसीका संस्थापक अध्यक्ष विगम श्रेष्ठ, तिनाउका संस्थापक अध्यक्ष विदुर पौडेल, रतुवामाईका संस्थापक अध्यक्ष निलम खड्का, पाँचखालका संस्थापक अध्यक्ष दिलिप आचार्य, (चिरञ्जिवी) र खानदेवीका संस्थापक अध्यक्ष होमराज श्रेष्ठ रहेका छन् । प्रस्तावित भएका शाखाका अध्यक्षहरुले आफ्नो शाखालाई यो अवस्थामा ल्याउन साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।