स्वास्थ्य

थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २६ । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा सप्तरीका १६ जना र पर्साका ८ जना रहेका छन् ।

सप्तरीको एउटै स्थानीय तहमा १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेको स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

त्यसैगरी, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप ८ जनामा संक्रमण पुष्टि भएको गण्डक कोभिड अस्पतालका को–ओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.