विचार

उन्मुक्ति

आज ऊ मैलो भएको छ र नै
तिमी सुकिलो भइ बस्न पाएका छौ
उसका हातहरुमा सीप थिए भनेर नै
तिमीले हरेक सुबिधाको आनन्द
लिन पाएका छौ।।

आज तिमी आफुलाई उच्च
सम्झीरहेछौ
उसलाई तुच्छ देखाई।।
उसले नै ठराएका महलहरुमा
कुप्रथाको तगारो लगाई।।
थुकिरहेछौ उसैलाई
निर्दोष मनहरु दुखाई
अन्धो परम्पराको नाउँमा
अनेकौं आरोपहरु लगाई।।

सुनेको थिए…
सबैको सेवा गर्ने हातहरु
साह्रै दिव्य अनि पवित्र
हुन्छन् रे है??
तर खोइ त??

आज किन उसैका शिल्प
उसैका हातहरुले छुन
खोज्दा अपवित्र मानिएको
जसलाई उसले आफ्नो मेहनतले बनायो।।
काडे तारका कुप्रथाहरु
किन तेर्सिए उसका पैतलामा
जसलाई जोगाउन बगाई रहे
उसका पाखुराले पसिना ।।

उ त समाजको सृस्टिकर्ता
पो हो त
उ बिना तिमी अधुरो हुन्छौ तर
यो सत्यलाई भने
तिमी किन भुलाउछौ??

युगौ देखि नै
समाज निर्माणमा
उसका नङ्ग्राहरु
खिईदै आएका छन्
उसको मेहनतले नै
तिम्रा घर भान्सा र
पुजा कोठा सजिएका छन् ।।

सिरको ढाका टोपी देखि
शरीरमा राष्ट्रिय बर्दीहरु ठाँटिए छन् ।।
व्यस्त तिम्रा पैतालाको
सुरक्षा होस् भनी थरीथरीका
जुत्ता रुपि आवरण बनिका छन् ।।

तर विडम्बना ..
अखिर तिम्ले
के दियौं उसलाई ??
बद्लामा उसलाई नै
दबाउन तिम्ले
रुढीबादी कसिङ्गरहरु
थुपरी रहेयौ।।

वाह्ह…
गजबको छ तिम्रो नीति
परिश्रम चल्यो तिमीलाई तर
पानी चलेन
यौवन स्वीकार्य भयो
तर सिंदुर पोते भएन।।

मानिस ठुलो दिलले हुन्छ
जातले हुँदैन..
हामी सबैले पढेका छौ
वस्तविकता पनि जानेका छौ।।
तरनि मौन भइ
ज्ञान रुपि हतियारलाई
किन प्रमाणपत्रमा मात्र
सिमित राखेकाछौ??

एकाईसौ शताब्दीको हामी।।
जमाना अब बद्ली सक्यो
देशले पनि धेरै उन्नति गरि सक्यो तर
हिन मानसिकताको कुप्रथामा
जिउन विवश
दलितको हकको न्याय चाहिँ
कहाँ हरायो ??

आँखा चिम्लीएको समाजको
चेतना अब त आँखा खोलन
अवाक् जिब्रोहरु अब त
आफ्नो विद्रोहको आवाज बोलन

तिम्रा पुस्ताहरुले
सहि आएको
अन्यायको वर्गीय खाडलमा
आफ्ना स्वतन्त्रतालाई नपुर
अब आरनहरुमा शस्त्रको
निर्माण गर।।

मसिनहरुले क्रान्तिको झन्डा
फरफराउ।। र
छालाहरुले काडे तारका कुप्राथाहरुलाई
कुल्चन आफ्ना पाईलहरुलाई
बजबुत बनाउ।।

कस कम्मर अब
विवशतालाई हटाउ
पल्टाउन अब कानुनका अक्षरहरु
परम्परालाई पन्साउ।।
बनाउ अब सकुनि सत्ता विरुद्ध
विध्वंस बारुदको झिल्को ।।
उठाउ कर्कस आवाज
र छेडिदेउ नारा
आफ्नो आत्मसम्मानको हितको।।

मिलाउ हात
जुटाउ हिम्मत एकताको
झोसिदेउ ती तमाम
विभेद र छुवाछूत रुपि
कसिङ्गरको जालो
भत्काई देउ तिमीलाई हिन
सम्झने दमनशीलताको पर्खाललाई
अनि चढाई देउ श्रद्धाञ्जली
जातीयताको लडाइँमा
सहिद भएका
ती सबै आत्माहरुलाई
दलित उन्मुक्तिको
उज्यालो शब्दहरुले।।

ज्योत्सना घतानी

Leave a Reply

Your email address will not be published.