बाहुण्डाँगी । धनगढीमा जेसीज तथा जुनियर जेसीजले सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन (आज) रक्तदान कार्यक्रम गरेको छ। विभिन्न स्थानहरूमा एक साता विभिन्न कार्यक्रमका गर्दै सप्ताहव्यापी कार्यक्रम मनाउँदै आएकोमा आज रक्तदान कार्यक्रम गरेको हो। जिल्ला रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदानमा १५ प्रिन्ट रगत संकलन भएको अध्यक्ष कमल पनेरुले बताउनु भयो । सप्ताह अन्तर्गत शनिवार फुटसल प्रतियोगिता हुँदैछ ।


