संघ \संस्था

धनगढीमा जेसीज तथा जुनियर जेसीजको सप्ताहव्यापी कार्यक्रम

बाहुण्डाँगी । धनगढीमा धनगढी जेसीज तथा जुनियर जेसीजले सप्ताहव्यापी कार्यक्रमको सुरु भएको छ । १० गतेबाट सुरु भएको सप्ताहको उद्घाटन धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक थापाले गर्नु भएको थियो । उद्घाटनको अवसर पारेर संस्थाले धनगढीमा रहेको कपडा बैंकलाई कपडा प्रदान गरेको थियो । गरिव तथा विपन्न परिवारले न्यानो कपडाबाट बञ्चित हुनु नपरोस भन्ने उदेश्यले शाखाले यस संस्थालाई विभिन्न किसिमका कपडा प्रदान गरेको थियो ।
शाखाका अध्यक्ष कमल पनेरुको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा शिवपुरी धाम मिन्दर व्यवस्थापन समितिका अध्यक्ष बलदेव भट्ट, शाखाका पूर्व अध्यक्ष पदमविक्रम सिंह, नरेन्द्र अवस्थी, धनगढीका विभिन्न स्थानहरुमा एक साता फरकफरक कार्यक्रमका साथ जेसीजले सप्ताहव्यापी काजुनियर जेसीजको नेश्नल कोडिनेटर सन्तोष पन्त, धनगढी जुनियर जेसीजका अध्यक्ष देवराज अवस्थीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक इश्वर ओझाले स्वागत गरेको कार्यक्रमको, धन्यवाद मुल संयोजकका संयोजक मोहनराज ओझा र सञ्चालन सचिव जनार्दन बमले गर्नु भएको थियो ।