संघ \संस्था

धनगढी जेसिजले ‘जेसिज सप्ताह’ अन्तरगत मोटरसाइकल र साइकलको स्लो रेश

धनगढी जेसिजले ‘जेसिज सप्ताह’ अन्तरगत शुक्रबार धनगढीमा मोटरसाइकल र साइकलको स्लो रेश प्रतियोगिता गरेको छ । धनगढीको कभर्डहल नजिकको सडकमा स्लो रेश प्रतियोगिता गरेको हो ।

पछिल्लो समयमा बढ्दो सडक दुर्घटनाका घटना बढ्न थालेपछि सहज र सुस्त गतिमा सवारी साधन चलाउनु पर्ने चेतना जगाउन जेसीजले स्लो रेश प्रतियोगिता सञ्चालन गरेको प्रतियोगिता संयोजक आशिष शाहले जानकारी दिए । प्रतियोगितामा मोटरसाइकलमा २२ र साइकलमा १८ जनाले सहभागिता जनाएका थिए । सहभागी मध्ये प्रथम, द्धतिय तृतीय भएकाहरुलाई जेसीज सप्ताहको समापनमा पुरस्कृत गरिने भएको शाखा अध्यक्ष कमल पनेरुले बताउनु भयो।

शाखाका अध्यक्ष कमल पनेरुको सपभातित्व तथा धनगढी उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष सन्तोष मुभरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।