बाहुण्डाँगी । बागलुङ जेसीजको सप्ताह व्यापी कार्यक्रम शुक्रवार समापन भएको छ । गत शनिवारदेखि शुरु भएको अभियानमा विभिन्न कार्यक्रम सम्पन्न गरेर समापन भएको हो ।
शुक्रवार हामी हाम्रैलागि शिर्षकको वक्तृत्वकला प्रतियोगिता सहित पुरस्कार बितरण कार्यक्रम समेत गरी समापन गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशका सदस्य इन्द्रलाल सापकोटाले युवाहरुको क्षमता बिकास गर्ने र नेतृत्वमा लैजानकालागि जेसीजले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले युवालाई कुलतबाट जोगाउन पनि जेसीज सफल भएको बताए ।
कार्यक्रममा आयोजित वक्तृत्वकला प्रतियोगितामा पर्वतको नमूना आबासिय माबिकी छात्रा पूर्णिमा खत्री उत्कृष्ठ भइन् । चिल्ड्रेन लाइफ बोडिङका छात्र श्रीराम लामिछाने सान्त्वना भए । उत्कृष्ठलाई ५ हजार र सान्त्वनालाई ३ हजार नगद पुरस्कार प्रदान गरियो ।
साथै समापनको अबसरमा यस अघि आयोजित विभिन्न क्रियाकलापका सहभागिलाई प्रमाणपत्र बितरण गरिएको थियो । पहिलो दिन भएको पत्रकार र जेसीज बिचको मैत्रीपूर्ण फूटबल, दोश्रो दिनको स्लो बाइक रेस सहितका क्रियाकलापका सहाभागि र बिजयीलाइ प्रमाणपत्र दिइएको हो । साता व्यापी कार्यक्रममा पत्रकार, सामाजिक अभियान्ताहरु, राजनीतिक दल, प्रहरी प्रशासन समेतले साथ दिएको भन्दै शाखा अध्यक्ष आनन्द रेग्मीले सबैलाई धन्यवाद दिए । समापन कार्यक्रम रेग्मीको अध्यक्षता, उपाध्यक्ष साधना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

