विविध

धान झार्न लगाएको थ्रेसरबाट आगोलागि

झापा, मंसीर १७ । झापाको हल्दिबारी गाउँपालिका वडा नं ३ मा कुन्युमा धान झार्न लगाएको थ्रेसरबाट परालमा आगोलागी भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हल्दिबारी गाउँ कमिटी वडा नं ३ का पार्टी वडा अध्यक्ष दिपक बन र स्थानीय श्याम महतो को अन्दाज ६/७ बिगा कुन्यु को थ्रेसर लगाएको पराल मा करिब ४ः०० बजे देखि आगोलागी सुरु भएको कुरा जलथल प्रहरी चौकीले जनाएको छ ।

अन्दाजी १७ ट्याक्टर पराल आगोलागी नियन्त्रणका लागि भद्रपुरको दमकल, जलथल प्रहरीहरु, स्थानीय समाजसेवी व्यक्तिहरु तथा सबै पक्षका अगुवाहरुले सहजीकरण भुमिका खेलेका थिए। आगो नियन्त्रण गर्न भद्र्पुरबाट आएको बारुण यन्त्र र सहजीकरण गर्ने व्यक्तीहरुलाई झन्डै साढे ३ घण्टा आगो निभाउन लागेको र पानी सङ्कलन गर्न बारुण यन्त्रले निकै पल्ट नहर धाएर पानी सङ्कलन गरि आगो नियन्त्रण गरेको प्रत्यक्षदर्शी युबा बलराम गिरीले बताउनु भयो ।