संघ \संस्था

उपमेयर उप्रेती चडेको गाडी जलाउने प्रयास

झापा, मंसिर १८ । मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती गाडीभित्रै रहेको बेला एक समूहले बिहीबार जलाउने प्रयास गरेका छन् । अज्ञात समूहद्वारा उपमेयर चढेको गाडी जलाउने प्रयास भएको हो । मेचीनगर नगरपालिकाका उपमेयर उप्रेती चढेको मे१झ १७२ नम्बरको गाडी अज्ञात समूहले जलाउने प्रयास गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । मोटरसाइकलमा आएका Read More…

राजनीति

राप्रपाले मंसिर २० गते झापामा शक्ति प्रदर्शन गर्ने

झापा, मंसिर १८ । हिन्दू राज्य, राजसंस्था पुर्नस्थापना, संघीयता खारेज तथा भ्रष्टाचार विरुद्ध राप्रपाले मंसिर २० गते झापामा शक्ति प्रदर्शन गर्ने भएको छ । सरकारले सभा, समारोह नगर्न उर्दी जारी गरे पनि राप्रपाले भने झापामा मोटरसाइकल र्याली गरेर सरकारलाई जनदवाब दिन लागेको हो । राप्रपाले आउँदो शनिबार पूर्वी सीमाना काँकरभिट्टादेखि विर्तामोडसम्म र्याली आयोजना गर्दैछ । Read More…

राजनीति

‘पुलिसको डण्डाले पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो, हिजोभन्दा आज दुखाइ बढी छ’

काठमाडौं, मंसीर १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीको डण्डाबाट करङको दुखाई बढेको बताएका छन् । बुधबार तनहुँको व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन स्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।  ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो, Read More…

संघ \संस्था

सवारी चालक अनुमतिपत्रका लागि खुल्यो अनलाइन फारम, यस्तो छ भर्ने तरिका

काठमाडौँ, मंसीर १८ । सरकारले सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइनमार्फत आवेदन खुला गरेको विज्ञप्तिमा उल्लेख छ । विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम खुल्ला गरिनेछ। Read More…