काठमाडौं, मंसिर ३० । बार्सिलोना र पेरिस सेन्ट जर्मेन पिएसजी यूईएफए च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाईनलमै भिड्ने भएका छन् । युईएफएले सोमबार अन्तिम १६ को ड्र सार्बजनिक गर्दै प्रिक्वार्टरफाईनल प्रतिद्धन्दी टुंगो लगाएको हो ।
फ्रेब्रुअरी १६ बाट सुरु हुने प्रिक्वार्टरफाईनलमा साविक विजेता बायर्न म्युनिखले ईटालियन क्लब लाजियोको सामना गर्नेछ । स्पेनी क्लब रियल मड्रिडले इटालीयन क्लब एट्लान्टालाई प्रतिद्धन्दी पाएको छ ।
त्यस्तै बोरुसिया डर्टमण्डले सेभियासँग, लिभरपुलले आरबी लाइपजिगसँग तथा युभेन्ट्सले पोर्टोसँग प्रतिस्पर्धा गर्नेछन् । क्वार्टरफाईनल प्रबेशका लागि चेल्सीले एट्लेटिको मड्रिड तथा म्यानचेस्टर सिटीले बोरुसिया मोन्चेनग्लाडवाखसँग प्रतिस्पर्धा गर्नेछन् ।
प्रिक्वार्टरफाईनलको पहिलो लेग फेब्रुवरी १६, १७, २३ र २४ का लागि तय गरिएको छ । दोस्रो लेग भने मार्च ९, १०, १६ र १७ मा हुनेछ ।

