मेचीनगर, पुष १ । नेपाल–भारत सीमा नाका खुलाउनु पर्ने माग राख्दै काँकरभिट्टामा दिनहुँ प्रदर्शन हुन थालेको छ । प्रदर्शनको छैठौँ दिन आज नाकामा सयौँको उपस्थितिमा धर्ना र र्यालीको कार्यक्रम गरिएको थियो । स्थानीय यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल व्यवसायीलगायतले नाका खुलाउन माग गर्दै हस्ताक्षर सङ्कलन अभियान, शान्तिपूर्ण र्याली र धर्ना जस्ता कार्यक्रम गर्दै आएका छन् Read More…
Day: December 16, 2020
सरकारले ल्याएको अध्यादेश र संसदको विशेष अधिवेशनको निवेदन फिर्ता लिने नेकपा स्थायी कमिटीको निर्णय
काठमाडौं, पुष १ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारले ल्याएको अध्यादेश र नेकपाका केही सांसदले संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपतिसमक्ष पेश गर्ने भनिएको निवदेन फिर्ता लिने सर्वसम्मत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। आजको स्थायी कमिटी बैठकमा Read More…
नेकपा स्थायी कमिटीको बैठक आज, बैठक थप पेचिलो बन्ने
काठमाण्डौ, पुष १ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि आइतबार शोक प्रस्ताव पारित गर्दै आजसम्मका बैठक लागि स्थगित गरिएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्शविनै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि आजको बैठक थप पेचिलो बन्ने देखिएको छ । प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी Read More…
दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति
इलाम, पुष १ । विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् । पछिल्लो एक सातायता दुग्ध वितरण आयोजना विराटनगरले दूध प्रशोधन गर्ने रसायन अभाव भएको भन्दै दूध लिन छाडेको Read More…



