मेचीनगर, पुष ३ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित काँकरभिट्टामा रहेको महेन्द्रद्वार सहकारी संस्थाको नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण तथा पद हस्तान्तरण कार्याक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बिच नवनिर्वाचित कार्यसमितिलाइ शुक्रबार संविधान सभा सदस्य रविन कोईरालाले सपथ ग्रहण तथा पद हस्तान्तरण गराएका थिए ।
संस्थाको कार्यालय परिसरमा मंसिर ३० गते बसेको नगरका राजनीतिक दलका प्रमुखहरुको छलफलले संस्थाको आगामी ४ बर्षे कार्यकालका लागि पुनः अध्यक्षमा राजकुमार दाहाल (राजु) सहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।
समितिको अध्यक्षमा दाहाल सहित, उपाध्यक्षमा युद्वराज ओली तथा सदस्यहरुमा कुन्दन निरौला, करुण अधिकारी, प्रकाश ढुंगाना, सिता कार्की, अस्मिता दाहाल, धनमाया पराजुली, सुन्दरी श्रेष्ठ, धनकुमार राई, यदुराम भट्टराई, हरि संग्रौला र इमादेवी पोखरेललाई सर्वदलिय छलफलले चयन गरेको थियो ।

त्यसैगरी लेखा समिति संयोजकमा गिरीराज धमला तथा सदस्यमा देवेन्द्र शिवाकोटी चयन भएका थिए । तीनजना लेखा समितिमा एकजना सदस्य पछि थप गरिने जनाएको छ ।
सपत ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा संविधान सभा सदस्य उसा गुरुङ, प्रदेश सभा सदस्य राधा थापा, मेचीनगर उपप्रमुख तथा कार्यवाहक प्रमुख मीना उप्रेतीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपाका मेचीनगर अध्यक्ष माधव अर्याल, नेपाली काँग्रेसका नगर सभापति इन्द्रबहादुर बुढोथोकी, राप्रपाका नगर अध्यक्ष शुशिल आचार्यलगायतको आतिथ्या रहेको संस्थाकी व्यवस्थापक सावित्रा अधिकारीले जानकारी दिईन् ।
जिल्ला सहकारी संघका सहसचिव समेत रहेका निर्वाचन समिति संयोजक भानु दंगालको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत निर्वाचन समिति सदस्य सुरेन्द्र बुढाथोकी र सञ्चालन निर्वाचन समिति सह–संयोजक डिल्लीराम घिमिरेले गरेका थिए ।

