काठमाडौं, पुस १२ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन आउँदो मंगलबारदेखि खुल्ने भएको छ । गएको चैत ११ गतेदेखि बन्द रहेको लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल यहि पुस १४ गते मंगलबारदेखि खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
कोरोना भाइरसविरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागकाअनुसार कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको हो ।अब प्रदेश यातायात कार्यालयमार्फत पनि नयाँ लाइसेन्स वितरण हुनेछ ।

