बाहुण्डाँगी । बौनियाँ जेसीजको अध्यक्षमा गणेशप्रसाद जोशी खतिवडा सर्वसम्वत निर्वाचित हुनु भएको छ ।
सोमवार सम्पन्न शाखाको १० शाखा अधिवेशनबाट खतिवडालाई अध्यक्षमा निर्वाचित गरिएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षहरुमा कृष्णप्रसाद ओझा, मिलन ओली, उपाध्यक्षहरुमा जगत शाही,देवानन्द जैशी, प्रकाश शाही र नवीन कुवर निर्वाचित भएका छन् । यसैगरी कानुनी सल्लाहकार धिरज शाही, महासचिवमा चक्र शाह र कोषाध्यक्षमा वीर बहादुर बिष्ट मनोनित भएका छन् ।
शाखाका अध्यक्ष केशब शाहिको अध्यक्षतामा तथा शाखाका संस्थापक अध्यक्ष लिलाजंग शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

