बाहुण्डाँगी, १३ पुस । सिद्धार्थ जेसीजका लागि २०२१ को अध्यक्षमा गोपाल ज्ञवाली निर्बिरोध निर्वाचित हुनु भएको छ । शाखाको हालै सम्पन्न ४५ औँ शाखा अधिवेशनले ज्ञवालीलाई अध्यक्षमा निार्वाचित गरेको हो ।

शाखाको कार्यकारीणी उपाध्यक्षमा उपाध्यक्ष गोरव कोइराला र हरिलाल जयसवाल, उपाध्यक्ष साकार न्योपाने, राजु शर्मा, कृतेश श्रेष्ठ, अर्जुन कुँवर, निर्देशक सर्माठ थापा, निंशाक पौडेल, किसन कुमार पटवा, सौरभ घिमिरे निर्वाचित भएका शाखा अध्यक्ष मंगल भण्डारीले बताउनु भयो । अधिबेशनमा पुर्व अध्यक्ष ओम कुमार श्रेष्ठ प्रमुख निर्वाचन अधिकृतको रुपमा रहेका थिए।

सिदार्थनगर नगरपालिकाका मेयर हरि अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु सिनटेर आदित्यनारायण कसौधन, सिनेटर हेमन्तकुमार अग्रवाल, सिनटेर रामकुमार शर्मा, सिनटेर ओमकुमार श्रेष्ठ, सिनटेर खगेन्द्र शर्मा, सिनटेर कमलराज जोशी, सिनटेर सुरेश श्रेष्ठ, सिनटेरगौरीशंकर भट्टराई, सिनटेर डाक्टर अर्जुन सिंह मल्ल, सिनटेररुपमा हिराचन, सिनटेर रामचन्द्र उपाध्यय, सिनटेरदिपेन्द्रमान श्रेष्ठ, सिनटेर सुशिल गुरुङ, सिनटेर देवराज न्यौपाने, सिनटेर निरजनारायण श्रेष्ठ, सिनटेर संगम न्यौपाने, सिनटेर लेखनाथ भट्टराई, सिनटेर सुमन शर्मा र सिनटेर राकेश गुरुङलगायतको सहभागितामा अधिवेशन सम्पन्न भएको हो ।

स्मरण रहोस यो शाखाको सचिवालय देशका अन्य शाखाहरु भन्दा नमुना आफ्नै सचिवालय छ । जुन सचिवालय २०२० मा पुनः निर्माण भएको थियो ।




