मेचीनगर । मेचीनगर नगरपालिका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले पछिल्लो समय भौतिक सुविधा उपयोग गर्ने वहानामा मानिसले वातावरणमा प्रतिकुल असर पुर्याइरहेको बताए छन् ।
पर्यावरण संरक्षण तथा कृषिमा देखिएको समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पर्यावरण जोगाउने अभियानमा यसरी नै लापरबाही गरिरहने होभने जलवायु परिवर्तनमा प्रतिकुल असर पर्नुका साथै मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने बताए ।

त्यस्तै कार्यक्रममा मुख्य वक्ता भारत हैदरावादका वातावरण विज्ञ सागर धाराले जलवायु संकटको समाधानका लागि पर्यावरण जोगाउन साउथ एशियाका देशहरु एकजुट हुनु पर्ने बताएका छन् ।
नगरपालिकाले शनिबार काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजना गरेको कार्यक्रममा उनले वनजंगल मासिए, जीवजन्तु मरे भने वातावरण प्रदुषण हुन्छ जसले गर्दा मानव जातिलाई क्षति पुग्ने भएकाले उर्जा संरक्षणमा लाग्नु पर्ने सुझाव दिए ।
‘मानवमा उर्जा आउने जाने बराबरी छ’, घटबढ भए रोग लाग्छ । वायुमण्डलमा कार्वनडाइ अक्साइड मात्र बढी भइरहेको छ । विश्वमा हाल ४ दशमलव २१ डिग्री सेल्सियस तापक्रम छ । यो भनेको १ दशमलव १ डिग्री सेल्सियस तापक्रम बढी हो । वातावरण प्रदुषण भएको छ । पर्यावरण र मानवका लागि समस्या हो । सन २०८० मा ५ डिग्री सेल्सियस तापक्रम पुग्ने अनुमान छ । त्यो बेलामा करोडौँ मानव, जीवजन्तु लगायतको सर्वनाश हुने पक्का छ ।’
कार्यक्रमको सहजिकरण वातावरण संरक्षणका अभियन्ता एवम् उर्लाबारी नगरपालिकाका उपप्रमुख जयधर्म आचार्यले गरेका थिए ।

