मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आजबाट सामुदायिक कुकुर बन्ध्याकरण अभियान सञ्चालन गरेको छ । सामुदायिक कुकुरहरु नियन्त्रणका लागी नगरपालिकाले नि:शुल्क बन्ध्याकरण अभियान सञ्चालन गरेको हो ।

नगर क्षेत्रमा रहेका सामुदायिक कुकुर नियन्त्रण गर्नका लागि नगरपालिकाले अभियान मार्फत कुकुर बन्ध्याकरण अभियान सञ्चालन गरिएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताए ।

उनका अनुसार बन्ध्याकरण कार्यक्रम धुलाबारी माध्यमिक विद्यालयको परिसरमा बिहान ७ बजे देखि बेलुकी ४ बजे सम्म सञ्चालन हुनेछ ।
नगरपालिकाको आयोजना तथा धुलाबारी माध्यमिक विद्यालयको प्राविधिक सहयोगमा सञ्चालित यो अभियान फागुन १४ गतेसम्म जारी रहने छ ।

