समाचार

‘‘नेपाल जेसीजका तालिम सीपमुलक हुनेछन्’’ – राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल

देबु बानियाँ
बाहुण्डाँगी, पुस १८ । नेपाल जेसीज २०२१ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले नेपाल जेसीजबाट सञ्चालन हुने अबका तालिमहरु सीपमुलक र व्यवसायिक हुने बताउनु भएको छ ।
बिहिवार नेपाल जेसीजको पदभार ग्रहण गरेपछि पोखरा जेसीजको पदहस्तान्तरणको पहिलो औपचारिक कार्यक्रमलाई शुक्रवार साँझ सम्बोधन गर्दै राष्टिय अध्यक्ष खनालले जेसीजले दिने हरेक तालिमहरु सीपमुलक र व्यवसायिक हुने बताउनु भएको हो ।
‘‘अब जेसीजका ४ वटै क्षेत्रमा जेसीजको क्षेत्रीय तालिम प्रतिष्ठानको स्थापना हुन्छ’’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष खनालले भन्नु भयो– ‘‘त्यसका लागि देशभरका जेसीज अभियान्तासाथीहरु तयार रहनु होला ।’’ जो जेसीज अभियानमा हिड्छ, त्यो जेसीजकर्मी व्यवासयिक बन्नु पर्छ भन्ने अयिभानका साथ यस किसिमको तालिम सञ्चालन गर्ने तयारीमा रहेको बताउनु भयो । उहाँले तालिमका विषयमा पछि बोर्ड तथा शाखाहरुसँग सहकार्य गरेर अगाडी ल्याउने बताउनु भयो ।


४७ औँ राष्ट्रिय महाधिवेशन भलबारीबाट २०२१ का लागि निर्वाचित राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनु भएका राष्ट्रिय अध्यक्ष खनालले २०२१ मा नेपाल जेसीज राज्यका अंगहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो । साथै देशभरका शाखाहरुलाई स्थानीय तहसँग सहकार्य गर्ने वातावरणको सृजना गरी स्थानीय क्षेत्रका सामाजिक अभियानमा स्वयम सेवकको रुपमा काम गर्ने बताउनु भयो ।
पछिल्लो राजनीतिक घटनालाई जोड्दै अध्यक्ष खनालले राष्ट राष्ट्रियता, मानवता र विधिको शासनको पक्षमा जेसीज सधै अडिग रहने र जेसीजहरुले आवश्यकता महसुस गरेमा देशभरी अभियान सञ्चालन बताउनु भयो ।
साथै अध्यक्ष खनालले २०२१ मा पोखरा जेसीजको आतिथ्यतामा हुने राष्टिय महाधिवेशन उत्कष्ट रुपमा सम्पन्न गर्न नेपाल जेसीज सुरुदेखि नै पोखरा जेसीजसँगको सहकार्यमा रहने बताउनु भयो ।

किरण केसीद्धारा पदभार ग्रहण
पोखरा जेसिजको बर्ष २०२१ को नयाँ कार्यसमिति को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
बर्ष २०२० का अध्यक्ष शिवप्रसाद सापकोटाले बर्ष २०२१ का अध्यक्ष किरण केसीलाई आफ्नो गलामा भएको जेसीज चेन केसीको गलामा पहिर्याउँदै पद हस्तान्तरण गरेका थिए। कार्यक्रममा नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर रबिन्द्र गुरूङ, नेपाल जेसीजका कार्यकारीणी उपाधयक्षहरु, उपाध्यक्षहरु, कोषाध्यक्ष,नेपाल जेसिज ४८ औँ राष्ट्रिय महाधिवेशनका महाधिवेशन निर्देशक तथा पोखरा जेसीजका पुर्व अध्यक्ष जेसीआई सिनेटर नारायण शर्मा, पोखरा जेसीजका पुर्व अध्यक्षहरू, लायन्स क्लब इन्टरनेशनल ३२५ नेपालका पुर्ब गभर्नर धुर्व बहादुर थापा, पोखरा लेडि जेसीज, लेखनाथ जेसीज लगायत छिमेकी शाखाहरूका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमलाई बिशष्ट अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ द्यज्ञ नेपालका पुर्व गभर्नर लायन धुर्व बहादुर थापा, नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर रबिन्द्र गुरूङ, नेपाल जेसीज क्षेत्र ख का निरूपित राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष भोजराज चापागाइँ, नेपाल जेसीजको ४८ औँ राष्ट्रीय महाधिवेशन निर्देशक जेसीआई सिनेटर नारायण शर्मा, बर्ष २०२० का पोखरा जेसीजका अध्यक्ष जेसी शिब प्रसाद सापकोटा लगायतले बोल्नु भएको थियो । उक्त कार्यक्रममा बर्ष २०२१ का पोखरा जेसीजका अध्यक्ष जेसी ई किरण केसीले यस बर्ष “युवा नेतृत्व(दर्शनलाइ बास्तविकतामा रुपान्तरण गर्दै” नारा स्वरुप आगामी ५ बर्षिय कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो । जस अन्तरगत पहिलो बर्ष जेसीज सदस्य सशक्तिकरण, दोस्रो बर्ष साझेदार योजना निर्माण, तेस्रो बर्ष नेतृत्व बिकास, चौथो बर्ष व्यावसायिक बिकास सँगै पाँचौ बर्षमा जेसिजलाइ पुर्ण व्यावसायिक बनाउँदै ट्रेनिङ एकेडेमिमा रुपान्तरण गर्ने र पोखरा जेसीजको स्थापनाको स्वर्ण बर्ष मनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


राष्टिय महाधिवेशनको वेबसाइट सार्वजनिक

नेपाल जेसीजको ४८ औँ राष्ट्रीय महाधिबेशनको आधिकारिक वेबसाइट www.jcinepalnatcon2021.com को उद्घाटन प्रमुख अतिथी खनालले पहिलो महाधिबेशन सहभागिको रुपमा दर्ता गरि गरिएको थियो ।
बर्ष २०२१ का अध्यक्ष जेसि ई. किरण केसीले समापन गर्नुभएको कार्यक्रममा संयोजक जेसी बिनोद भुजेलले स्वागत तथा सञ्चालन बर्ष २०२१ का महासचिव जेसी भाईराज रानाले गर्नु भएको थियो।

https://l.facebook.com/l.php?u=http%3A%2F%2Fwww.jcinepalnatcon2021.com%2F%3Ffbclid%3DIwAR0EX5mq5KemWTbOTcLqSOacLFPxoHEbb9TcOChtCeI6miFiZmeIg3T_NDw&h=AT36KMWRboaE55NxJGEvoa_KCVhhRbOr2Wi26FPJ4U44gnPhiKTKPxdtLJs-sTfMjKbL_Z0NMXFbkyIfZdwM5mR6trpupW-nsCVs1sTD4UcLif1KRXXz6JaOafKwtu0Z60blbvUp7L-8o4c