अन्य

पर्वत जेसीजको पदहस्तान्तरण

बाहुण्डाँगी पुस १५ । पर्वत जेसीजको २५ औँ पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । कार्यक्रममा पर्वत जेसीज वर्ष २०२० का अध्यक्ष रामु शर्माले २०२१ का नवनिर्वाचित अध्यक्ष सुमन श्रेष्ठलाई आफ्नो गलामा भएको जेसीज चेन पहिर्याउँदै पद हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले गर्नु भएको थियो । कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि खनालले जेसीजमा आबद्धता भइ सधैँ विधिको शासनलाई पालना गर्नु पर्ने कुरमा जोड दिनु भयो । उहाँले यसको नेतृत्वले मानव जीवनमा सरल, सफल र स्वतन्त्र क्षण प्राप्त गर्ने विन्दु हासिल गर्न सक्ने भन्दै यसको गरिमा कायम राख्नु पर्ने बताउनु भयो । कार्यक्रममा विभिन्न शाखाका शाखा अध्यक्ष, पर्वत जेसीजका पूर्व अधयक्ष तथा नेपाल जेसीजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम २०२० का महासचिव सुमन श्रेष्ठले सञ्चालन गनुृै भएको थियो ।