अर्थ

मेचीनगर साकोसले गर्यो २० जनालाई सम्मान

मेचीनगर, पुस १९ । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा संस्थाकै सभाहलमा हालै सम्पन्न भएको छ । साधारणसभामा सहकारीमा नियमित रुपमा बचत गर्ने असल बचतकर्ता र असल ऋणिसहित २० जनालाई सम्मान गरिएको थियो । संस्थाका विभिन्न सेवा केन्द्रका उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि डिल्ली दाहालले नगद, दोसला र सम्मान पत्रले सम्मान गरेका थिए Read More…

खेलकुद

प्रधानमन्त्री कपको उपाधि प्रदेश १ लाई

काठमाडौं, पुस १९ । दाङ्गको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ ले जितेको छ । आईतबार भएको फाईनल खेलमा विभागीय टिम एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि उचालेको हो । १ सय ६ रनको लक्ष्य पछ्याएको एपीएफले ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । Read More…

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा आज: उपाधिका लागि प्रदेश नं.१ र एपीएफ खेल्ने

काठमाण्डौ, पुस १९ । दाङमा जारी प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज उपाधिका लागि शसस्त्र प्रहरीको विभागीय टिम एपीएफ र प्रदेश १ खेल्दैछन् । खेल बिहान साढे ११ बजेदेखि सुरु हुने छ । लमहीमा शनिबार हिजो भएको दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश नं. १ फाईनल प्रवेश Read More…

स्वास्थ्य

बालबालिकालाई चिसोबाट जोगाउँदा निमोनियाको जोखिम कम

काठमाडौं, पुस १९ । जाडोको मौसममा बालबालिकालाई निमोनिया लगायतका रोग लाग्ने सम्भावना बढी हुने भएकाले यसमा सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । जाडोमा निमोनियाबाहेक रुघाखोकी, ब्रोनकाइटिक्स, दमलगायत सरसफाइको कमीले हुने रोगबाट समेत बालबालिका प्रभावित हुन सक्ने हुँदा यसमा सावधानी अपनाउनुपर्ने सुझाव दिइएको हो । कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार जाडो मौसममा बालबालिकालाई हुने Read More…

खेलकुद

टोटेनहम शीर्ष तीनमा

काठमाडौं, पुस १९ । टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष तीनमा उक्लिएको छ । लिड्स युनाईटेडलाई शनिबार राति भएको खेलमा ३-० को जित निकाल्दै टोटेनहम प्रिमियर लिगको शीर्ष तीनमा उक्लिएको हो । टोटेनहमलाई जित दिलाउन ह्यारी केन, ह्युङ मिन सन र टोबी एल्डरवायर्ल्डले एक-एक गोल गरे । खेलको अन्तिम केही समय टोटेनहम १० खेलाडीमा समेटिएको Read More…

अन्य

पर्वत जेसीजको पदहस्तान्तरण

बाहुण्डाँगी पुस १५ । पर्वत जेसीजको २५ औँ पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । कार्यक्रममा पर्वत जेसीज वर्ष २०२० का अध्यक्ष रामु शर्माले २०२१ का नवनिर्वाचित अध्यक्ष सुमन श्रेष्ठलाई आफ्नो गलामा भएको जेसीज चेन पहिर्याउँदै पद हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले गर्नु भएको Read More…