मेचीनगर, पुस १३ । मेचीनगर वडा नम्बर ५ को आर्थिक सहयोग तथा सितेरियो कराते स्कुल डोजो नकलबन्दाको आयोजनामा आयोजित दोस्रो वडा अध्यक्ष कराते च्याम्पियनसिप प्रतियोगिता २०७७ सम्पन्न भएको छ ।

मेचीनगरका विभिन्न डोजोका २० देखी ६० केजी तौल समुहको २०० बढी महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा ६ गोल्ड, ३ सिल्भर र २ ब्रउन्स सहित आदर्श डोजो प्रथम भएको छ ।
प्रतियोगितामा ५ गोल्ड, १ सिल्भर र १ ब्रउन्स सहित बाहुण्डागी डोजो द्धितिय र २ गोल्ड, ३ सिल्भर र ३ ब्रउन्स सहित काँकरभिट्टा डोजो तृतिय भएका छन् ।

विजेता तथा उपबिजेतालाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर वडा नम्बर ५ का वडा अध्यक्ष योगेन्द्र थापामगर, बिशेष अतिथि मेचीनगर–५ का वडा सदस्य तथा वडा खेलकुद विकास समिति संयोजक नारायण खड्का, वडा सदस्य मेघराज गेलाल र दुर्गा देवकोटा, अन्तराष्ट्रिय रेफ्रि तथा राखेपका कराते प्रशिक्षक राजु महर्जन कृष्ण बस्नेत, बद्रि बिष्ट, मेची आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतले पुरस्कार बितरण गरेका थिए ।

सितेरियो कराते स्कुल डोजो नकलबन्दा प्रमुख बमबहादुर श्रेष्ठको सभापतित्वमा आयोजना भएको प्रतियोगिताको निर्णायकका रुपमा केदार ढकाल, हरि बस्नेत, सपना मगर, सृजना राई, मुक्ति काफ्ले, अभिषेक दबाडी, जिवन राई र सैया राई रहेका थिए भने स्वयमसेवकको रुपमा सम्भु ठाकुर, अर्जुन खवास र राज पाठक थिए ।

