मेचीनगर, पुस १९ । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा संस्थाकै सभाहलमा हालै सम्पन्न भएको छ ।
साधारणसभामा सहकारीमा नियमित रुपमा बचत गर्ने असल बचतकर्ता र असल ऋणिसहित २० जनालाई सम्मान गरिएको थियो । संस्थाका विभिन्न सेवा केन्द्रका उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि डिल्ली दाहालले नगद, दोसला र सम्मान पत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा असल बचतकर्ताको रुपमा फुलवा धिमाल, प्रदीप रेग्मी, गोपीकृष्ण भट्टराई, पलमाया तामाङ, पूजा राजवंशी, निलिमा चम्लागाईं, दिना बराइली, डम्बरबहादुर खड्का दिलमाया तामाङ विर्तामोड, भरत सापकोटा विर्तामोडलाई सम्मान गरिएको हो ।
त्यसैगरी, असल ऋणिका रुपमा संस्थाले कविता लामिछाने, लक्ष्मी कट्टेल, रुपमा भट्टराई सुवेदी, मनिषा राना, सुनिता ढकाल, उषा दर्जी, तारा श्रेष्ठ, तुलसा श्रेष्ठ विर्तामोड, लिलावती उराऊ विर्तामोड, महेन्द्र शर्मा सापकोटा विर्तामोडलाई सम्मानति भएका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष कमल काफ्लले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाको हालसम्मको कूल सम्पति रु. ३३ करोड, ८९ लाख ४० हजार ६९८ रहेको जनाइएको छ । उनले वि.सं. २०६४ साल माघमा ३१ जना शेयर सदस्यको कूल रु. तीन लाख १० हजार शेयरपूँजीबाट सुरु गरेको संस्थाको हाल ३७ सय बढी सदस्यको रु. तीन करोड, ३२ लाख ४४ हजार ५०० शेयर पूँजी रहेको गरेको बताए ।
संस्थाको ऋण लगानी रु. २३ करोड ७७ लाख ६४ हजार ५६७ रहेको छ भने निक्षेप संकलन रु. २६ करोड ७६ लाख ७ हजार १०२ रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका अध्यक्ष कमल काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा शान्तिनगरको सुनौलो गुनगाभा सुपारी प्रशोधन तथा उत्पादन महिला सहकारीका अध्यक्ष हेमन्त खतिवडालगायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा शेयर सदस्य पार्वती पाठकलाई ब्रेन ट्यूमरको अपरेसनका लागि उनका श्रीमान मोहन पाठकमार्फत रु. ५० हजार नगद हस्तान्तरण गरिएको संस्थाका व्यवस्थापक मानस सिटौलाले जानकारी दिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष शिवकुमार रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन सचिव संगीता गजुरेलले गरेकी थिइन् ।

