बाहुण्डाँगी, २० पुस । कपन जेसीजको १० औँ वार्षिक साधारणसभाले २०२१ को अध्यक्षमा नवराज वनलाई सर्वसम्वत निर्वाचित गरेको छ ।
शनिवार सम्पन्न साधारणसभाले वनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा श्याम तिम्सिना, सुमन थपलिया, उपाध्यक्षहरुमा प्रदिश खनाल, लिरा पोखरेल, प्रशान्त थपलिया र सोनी तामाङ निर्वाचित भएका शाखाका २०२० का शाखा अध्यक्ष रुपेश भट्टराईले जानकारी दिनु भयो ।

यसैगरी नवनिर्वाचित अध्यक्ष वनले शाखाको महासचिवमा दिपकजंग अधिकारी, कानुनी सल्लाहकारमा विश्व बल्लभ नेपाल र कोषाध्यक्षमा बरुण कुईकेललाई मनोतिन गर्नु भएको छ । साथै शाखाको तालिम निर्देशकमा मुना
लामा, जनसम्पर्क अधिकारीमा सविना मोक्तान, सह सचिवमा निमा लामा, सहकोषाध्यक्षमा रोषा अधिकारी, प्रशासनिक, राजनितिक संयन्त्र संयोजकमा रिता थपलिया र कोष बृद्धि निर्देशकमा राजन न्यौपाने रहेका छन् ।
२०२१ का उम्मेदवारहरुलाई नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष शिवप्रसाद भुषालले प्रशिक्षण दिनु भएको थियो ।

शाखाका अध्यक्ष रुपेश भट्टराईको सभापतित्व तथा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष शिवप्रसाद भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा शाखाका निवर्तमान अध्यक्ष अमितकुमार अधिकारी, पूर्व अध्यक्षहरु हेमराज दाहाल, होेमबहादुर अधिकारी, झनकबहादुर अधिकारी र विकास क्षेष्ठको सहभागिता रहेको थियो ।



