संघ \संस्था

कोरना दोस्रो लहर सचेतना कार्यक्रम सम्पन्न

बाहुण्डाँगी माघ १३ । कपन जेसीजको आयोजनामा कोरना दोस्रो लहरको सचेतना कार्यक्रम सम्पन्न भएको छ । कपन मिलन चोकको भिडभाड एरिया तरकारी बजारमा भयको हो भने कार्यक्रमको संयोजन कोषाध्यक्ष बरुण कुइकेलले गरेका थिए । कार्यकममा जुनियर जेसिज, जोसेफ युथ नेटवोर्कका युवाहरु र युनाइट युथका युवाहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रमलाइ सम्बोदन गर्दै अध्यक्ष नवराज वन(नवीन)ले संक्रमणबाट बच्न नागरिक आफै सचेत रहनु पर्ने बताएका थिए । यस्तै पुर्ब अध्यक्ष दिपक अधिकारिले विश्व स्वास्थ्य संगठनले दिएको निर्देशन र नेपालभित्र दोस्रो लहर कोरना भित्रिन नदिन राज्य र नागरिक मिलेर काम गर्नु पर्ने बताएका थिए । कार्यक्रमा कपन जेसिजका सम्पुर्ण पधादिकारी र सबै युथ हरुले विभिन्न सचेतनात्मक प्ले कार्ड छातिमा टासेर प्रदसन गरेका थिए ।