समाचार

ट्रकको ठक्करबाट झापामा २ को मृत्यु ४ घाईते

झापा, फागुन १९ । झापा कनकाई नगरपालिका ४ स्थित पुर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । आज दिउसो साढे ३ बजे को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउदै गरेको प्र१-०१-००१ च०१६७ नम्बरको कार र प्र१-०१-०१३प१७८३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ Read More…

संघ \संस्था

प्रदेश १ को प्रदेशसभा बैठक चैत २ गतेसम्मका लागि स्थगित

विराटनगर, फागुन १९ । बिहीबारका लागि बोलाएको प्रदेश १ प्रदेशसभा बैठक सूचना प्रकाशित गरेर सारेको छ । बुधबार दिउँसो प्रदेशसभा सचिवालयले सूचना प्रकाशन गर्दै बैठकको मिति सारिएको जनाएको हो । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक चैत २ गते दिउँसो १२ः३० बजेका लागि सारिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । ‘यस अघि बसेको Read More…

खेलकुद

आयोजक टिम नव ज्योति कपको फाइनलमा प्रवेश

बाहुण्डाँगी, फागुन १९ । पुजन राईको निर्णायक गोलसँगै आयोजक नव ज्योति युवा क्लब यहाँ जारी नव ज्योति नकाउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधवार नव ज्योति निमाविको खेल मैदानमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल पकलीलाई १–० को गोल अन्तरले हराउँदै आयोजकले आफ्नो अपराजित यात्रालाई कायम नै राखेको छ । Read More…

राजनीति

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीलाई संसदीय दलको नेताबाट हटायो

काठमाडौं, फागुन १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो । बैठकले सचेतकबाट शान्ता चौधरीलाई हटाएको छ । त्यस्तै बैठकले नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, Read More…

अन्य

विप्लव नेतृत्व नेकपासँगको वार्ता सकारात्मक : सरकार

काठमाडौं, फागुन १९ ।  सरकारले विप्लव नेतृत्वको नेकपासँगको वार्ता सकारात्मक भएको बताएको छ । आज पहिलो चरणको वार्ता भएपछि प्रतिकृया दिँदै वार्ता टोलीका सदस्य राजन भट्टराईले वार्ता सकारात्मक भएको बताएका हुन् । वार्तापछि भट्टराईले भनेका छन्,“नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको Read More…

अर्थ

घरेलु तथा साना उद्योगीको उत्पादन अब ‘आफन्त’ एप बाटै पाइने

काठमाडौं, फागुन १९ । लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेशा प्रबद्र्धन र उद्यमशीलता विकाश गर्ने ‘आफन्त’ एप सन्चालनमा ल्याएको छ । उक्त एप नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याएको ‘आफन्त’ को प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालले सार्वजनिक गर्नुभयो । प्रधानमन्त्री कार्यालयका सचिव अर्यालले ‘आफन्त’ लाई साना उद्योगी र तिनका उत्पादनदेखि बजारीकरण गर्न सघाउने Read More…