संघ \संस्था

जनकपुर जेसीजले विपन्न नारीलाई निशुल्क कम्प्युटर तालिम दिने

बाहुण्डाँगी, २४ फागुन । जनकपुर जेसीजले वर्ष २०२१ भरी निशुल्क क्प्युटर तालिम दिने घोषणा गरेको छ ।
१११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर शाखाका अध्यक्ष मनोज शाहले यस क्षेत्रका १८ देखि ४० वर्षसम्मका आर्थिक विपन्न तथा असाय नारीहरुलाई ३÷३ महिने कम्प्युटर तालिम दिने घोषणा गर्नु भएको हो ।
त्यसका लागि एकसाता भित्र फर्म भर्नका लागि आवेदन खुल्ला गरि आवेदन भरेको आधारमा उनीहरुको अवस्था हेरेर तालिम प्रदान गरिने अध्यक्ष शाहले बताउनु भयो । २१ औँ सताब्दीमा हरेक क्षेत्रमा कम्प्युटर अनिवार्य भएकाले यहाँका हरेक नारीहरुलाई कम्प्युटर सम्बन्धी ज्ञान दिने र सीप विकास गर्ने उदेश्यले यो अभियान सरु गरिएको शाखाका महासचिव राजकुमार शाहले बताउनु भयो । तालिम चैत पहिलो हप्ताबाट सुरु हुनेछ र यो तालिम बर्षभरी रहनेछ ।