स्वास्थ्य

सचेत नबने फेरि लकडाउन हुन सक्छ : प्रधानमन्त्री ओली

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चरणको कोरोनाबाट बच्नका लागि पुनः लकडाउन हुनसक्ने बताएका छन् । शनिवार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले दिएको निर्देशन पालना नगरिएको खण्डमा लकडाउन हुनसक्ने बताएका हुन् ।

उनले भने, ‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन । आफैँ सचेत बनौँ । सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौँ भने समस्या आउनसक्छ । समयमै सचेत बनौँ ।’

प्रधानमन्त्री ओलीले सरकारको पहिलो प्राथमिकता नागरिकको स्वस्थ जीवन भएकाले यसतर्फ सचेत बन्नुपर्ने बताएका छन् । उनका अनुसार जो कोहीले स्वास्थ्यप्रति सचेत नबने फेरी लक डाउन गर्नुपर्ने हुन्छ ।