साहित्य

कविताः पहिलो पाईला

उठ ए जेठा,उठ ए माहिली,उठ ए माहिला।
समाज परिबर्तन र पिडित,दुखीलाइ हेर्ने पहिलो पाइला।।

बस्ती बस्ती र गाउँ सहरमा धेरै राम्रो काम।
असाहयलाई आश्रम, नाङ्गोलाई कपडा रे,भोकालाइ माम।।

२०७५ सालमा स्थापना भए देखि सुरु भएको रे।
जनताको सेवा गर्दै रक्षा गर्दै धेरै ठाउँ गएको रे।।

कहिले राहत कार्यक्रम त कहिले दिप प्रज्वलन।
हुनहुन्न भन्छ पहिलो पाइलाले मानिसको अधिकार हनन।।

घाम पानी नभनेर,आफू भोकै भए पनि।
समाज सेवा गर्नको निम्ति हुनै पर्दैन धनी।।

धेरैको जीवन परिवर्तन गर्यो रे,दुखी गरिबको भगवान बन्दै।
बस्छन रे पहिलो पाइलाका प्रतिनिधी समाज सेवा गर्ने दिन गन्दै।।

कहिले आश्रममा पुगेर,कहिले बिरामिको सेवा गरेर।
खुशी हुन्छन पहिलो पाइला दुखिको ओठमा खुशी भरेर।।

  बबिता थापा(सन्ध्या) बुटवल