विराटनगर, चैत २९ । विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा भारतको युनाइटेड फुटबल क्बल वेस्ट बंगाललाई हराउँदै घरेलु टिम विराटनगर ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भारतको वेस्ट बंगाललाई ३–० गोलले हराउँदै विराटनगर सेमिफाइनलमा प्रवेश गरेको हो ।
जितका लागि विराटनगरका सुनिल खड्काले दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गरे । घरेलु दर्शकको साथ पाएको विराटनगरले वेस्ट बंगाललाई खेल अवधिभर आफ्नो पकडमा राख्न सफल भएको थियो । प्रतियोगितामा दुवै टिमले गोल गर्ने थुप्रै सुन्दर अवसर खेर फालेका थिए ।
जितसँगै अब विराटनगरले चैत ३० गते हुने सशस्त्र प्रहरी बल, काठमाण्डौ र नेपाल प्रहरी काठमाण्डौको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

